टस जितेपछि ब्याटिङ गर्दै सिंगापुर, नेपाललाई बलिङको निम्तो
काठमाडाैं | कात्तिक १३, २०८०
Photo: CAN
काठमाडौं: टी–२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले फिल्डिङ गर्ने छ ।
नेपाली टोलीमा आज सन्दीप लामिछाने परेका छन् । त्रिकोणात्मक सिरिजको फाइनल खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएका हुन् । ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् । सन्दीपले त्रिकोणात्मक सिरिज खेलेका थिएनन् । अरु खेलाडी परिवर्तन भएको छैन ।
एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् । आयोजक नेपाल समूह ‘ए’मा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् । समूह ‘बी’मा यूएई, बहराइन, कुबेत र हङकङ छन् ।
नेपाली टीम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सन्दीप लामिछाने, विनोद भण्डारी (विकेट किपर), प्रतिश जिसी, बिबेक यादव, ललित राजबंशी
सिंगापुर टोली : अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनक प्रकाश, अक्ष रुपक पुरी, थिलिप ओमामदुराई थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, आर्यन रसेल मेनन, अमार्त्य कौल, अर्याविर चौधरी, हर्ष भारद्धाज
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

